आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, देशभर सार्वजनिक बिदा

२७ पुस  सरकारले पृथ्वीजयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आज बिदा दिइएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालसहित विदेशस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगहरूमा समेत पुस २७ गते सार्वजनिक बिदा निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया