अति बिपन्न तथा जोखिममा रहेका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग

कालिकोट  अति बिपन्न तथा जोखिममा रहेका ३ हजार ३ सय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । रास्कोट नगरपालिका, शान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकाका अतिजोखिम तथा न्युन आर्थिक अवस्था भएका स्कुले बालवालिकालाई झोला, तथा स्टेशनरी शैक्षिक सामागी्रहरु हस्तान्तरण गरिएको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल द्धारा संचालित बाल प्रत्याभुत संचार ब्यबस्थापन कार्यक्रम मार्फत स्पोन्सरसिप बालबालिका लाई शैक्षिक सामाग्री सहयोग गरेको स्पोन्सिप अफिसर पदम विष्टले जानकारी दिएका छन ।

सादा नेपाल द्धारा संचालित बाल प्रत्याभुत संचार व्यवस्थापन कार्यक्रम अन्तर्गत रास्कोटका १२ सय ७६ जना, शान्नि त्रिवेणीका ९ सय ७४ र नरहरीनाथ गाउँपालिकाका एक हजार ६० जना गरी जम्मा ३ हजार ३ सय दश जना बिपन्न बालवालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको विष्टले बताए ।

तपाईको प्रतिक्रिया