कालिकोट जिल्लामै पहिलो पटक ‘स्लो बाईक रेस’ प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली कला तथा सास्कृतिक जर्गेना केन्द्र कालिकोटको आयोजनामा शनिवार जिल्ला समन्वय समितीको खुल्ला मन्चमा स्लो बाईक रेस प्रतियोगिता भएको हो । कार्यक्रममा २५ जना सहभागि मध्येबाट ५ टिममा विभाजन गरिएको थियो ।
५ टिममध्येमा कमल शाही, डिल्ली प्रसाद चौलागाई, लोकेन्द्र शाही, नेत्र चौलागाई र बसन्त शाहीले स्लो बाईक रेसमा प्रथम हुनुभएको थियो । ५ जना प्रथमको कडा प्रतिष्पर्धा गर्दा नेत्र चौलागाई प्रथम लोकन्द्र शाही द्वतीय र बसन्त शाही तृतीय हुनुभएको छ । भने सान्त्वनामा डिल्लीप्रसाद चौलागाँई हुनुभएको हो ।

प्रथम दृतिय र तृतियलाई क्रमस ७ हजार, ४ हजार र ३ तिन हजार नगद सहित प्रमाण पत्र दिएको कर्णाली तथा सांस्कृति जर्गेना केन्द्र कालिकोटका सचिव दमनराज शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पछिल्लो समय कर्णाली विशेष गरी त कालिकोटमा सवारी दुर्घटना बढि हुने भएकाले स्लो रेस बाईक प्रतियोगिताको आयोजना गरिएको हो ।
तिलाप्रेस । ९ पुष २०७९, शनिबार १८:०५