महावै गाउँपालिकाले सामुदायिक विद्यालयमा निशुल्क ईन्टरनेट सेवा दिईने

कालिकोट जिल्लाको महावै गाउँपालिकाले सवै सामुदायिक विद्यालयमा निशुल्क इन्टरनेट जडान हुने भएको छ । नेपाल टेलिकम काठमाण्डौ र महावै गाउँपालिकाका बिच सम्झैता भईसक्यपछि सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न लागेको हो ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

गाउँपालिकाले पालिकाका सवै विद्यालयहरुमा अवको केही समयपछी इन्टरनेट जडान कार्य सुरु हुने अध्यक्ष खेमबहादुर सिंहले बताएका छन ।

उनले भने, यसका लागि प्राधिकरणले पहिलो चरणमा अध्यायन गर्ने भएको छ ।” सूचना प्रविधिबाट शिक्षण सिकाइ सुरु गर्ने सरकारको योजनाअनुसार नै गाउँपालिकाका सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सिंहले बताउनु भयकाे छ ।

साथै नेपाल टेलिकमले वार्षिक रुपमा विद्यालयको लागी इन्टरनेटका लागी आठ लाख रकम गाउँपालिकाले नियमित पाउने भएको छ ।

तपाईको प्रतिक्रिया