जुम्ला हिमा गाउँपालिका (१ बड्की गाउँमा एकीकृत निःशुल्क स्वास्थ्य घुम्ती शिविर सम्पन्न भएको छ। शिविर शनिबारदेखि सुरु भई मंगलबार सकिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए। शाहीका अनुसार शिविरबाट कुल १ हजार ५ सय ६६ जनाले सेवा लिएका छन्।
उनीहरु मध्ये ८ सय २८ जनाले आँखाको चेक जाँच,३५ आँखाको सल्यक्रिया,३५ जनाले गाइनो सेवा, ४ सय ५१ जनाले स्तरीयसेवा पाएका छन्। यस्तै ३ सय ६३ जनाले डेण्टल उपचार गरेका छन् । दुर्गम गाउँ वस्तीका अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक भौगोलिक कठिनाइका कारण सहजै रूपमा अस्पतालमा आएर स्वास्थ्य परीक्षण गर्न सकिने अवस्था नभएकोले हिमा गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरमार्फत सेवा दिन थालेको अध्यक्ष शाहीको भनाइ छ। गाउँपालिकाको पहलमा विशेषज्ञ डाक्टरसहित गाउँमा घुम्ती शिविर सञ्चालन गरिएको हो ।

गाउँपालिकाको आयोजना तथा कादुरी एग्रिकल्चरल एण्ड एशोशियशन बिट्रिस गोर्खाजु नेपाल कास्कीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको थियो। हिमा गाउँपालिकाका स्थानीयवासीले स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा जाँच तथा मोतिया विन्दुको शल्यक्रिया, दाँतको उपचार, अन्य सामान्य स्वास्थ्य जाँच तथा उपचार सेवा दिनुका साथै चिकित्सकको सल्लाह अनुसार औषधी वितरण गरिएको हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए ।
तिलाप्रेस । ५ पुष २०७९, मंगलवार १२:०९