कालिकोट महावै गाउँपालिकाका स्वास्थ्य संस्थाहरूका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि र उपकरण सहयोग गरेको छ ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले केही औषधि र आवश्यक उपकरणको माग गरेपछि मन्त्रालयले माग गरिएका सामाग्री गाउँपालिकालाई सहयोग गरेको हो ।
मन्त्रालयले १५ वटा अक्सिजन सिलिन्डर , पिपि सेट, नेमोलाईजर मेसिन र आवश्यक औषधि सहयोग गरेको छ ।महावैले ओदा फाउन्डेसन अस्पतालबाट १५ शैयाको सेवा दिइरहेका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

गाउँपालिकाका सवै स्वास्थ्य संस्थाहरूबाट सहज र सरल रूपमा नागरिकलाई सेवा दिन मन्त्रालयमा सो समाग्रि सहितको माग गरेको बताए
तिलाप्रेस । ५ पुष २०७९, मंगलवार १२:०६