जिल्ला प्रहरी कार्यालय कालिकोटले अबैध घरेलु मदिरा नष्ट गरेको छ । पछिल्लो समय कालिकोट जिल्लामा मदिरा प्रयोग कर्ताहरु बडेको र मदिराको प्रयोग ले जिल्लाको सान्ती सुब्याबस्थामा असर परेको महसुस गर्दै घरेलु मदिरा नष्ट गर्ने अप्रेसन सुरु गरियको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक सोवराज बमले बताउनु भयो । जिल्लाको मान्म बजार को जिरो प्वाइन्ट देखि कारागार सम्म काबिभिन्न पसल हरु मा घरेलु मदिराको उद्पादन र बिक्रिबितरण बडेको गोप्य सुचना का आधारमा प्रहरीले मदिर नियन्त्रण गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट बाट प्रहरी निरीक्षक यज्ञराज जोशी र प्रहरी वरिष्ट नायब निरीक्षक सरद प्रसाद पाण्डेको नेतृत्वमा खटियको टोलिले मान्म बजारका बिभिन्न ठाउ बाट ३५ लिटर उद्पादित घरेलु मदिरा ,५४० लिटर कच्चा पदार्थ र मदिरा बनाउन प्रयोग हुने भाडाकुडा चार थान नियन्त्रण मा लिई आजै नष्ट गरियको जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनु भयो । साथै उहाले कालिकोट जिल्ला लाई सुरक्षक्षित र सान्तपुर्ण बनाउने अभियान मा जिल्ला प्रहरी कार्यालय रहेको बताउदै घरेलु मदिरा उद्पादन र उपभोग गर्ने दुबै लाई कानुनि कार्वाही गरिने बताउनु भएको छ । घरेलु मदिरा नष्ट गर्दै खाडाचक्र नगरपालिका वडा नं १ का अध्यक्ष धर्मराज ताम्राकारले घरेलु मदिरा लाई उद्पादन र बिक्रि बितरण मा रोक लगाउन नगरपालिकाले पनि बिषेश समन्वय गर्ने र नेपाल प्रहरीले त्यसमा सहयोग गर्नु पर्ने बताउनु भएको थियो ।

तिलाप्रेस । १९ मंसिर २०७९, सोमबार ०९:०४