मसिर २४ कालिकोट दलित सेवा संघ कालिकोट को ९ औं अधिबेशन एक कार्यक्रमको विच सम्पन्न भएको छ । दलितहरुका सवालमा वकालत गर्ने ,दलित अधिकारका लागी आवाज उठाउने र दलितका समस्या समाधान गर्नका लागी सरोकारवाला संग आवाज उठाउन पहल गर्ने उद्येश्यले कालिकोट मा संघको महाधिवेसन सम्पन्न भएको हो
उक्त ९ औं अधिबेशनमा दलित सेवा संघ कालिकोट जिल्ला समिती अध्यक्ष दान बहादुर बि क को अध्यक्ष तथा दलित सेवा संघ कर्णालि प्रदेश समिती सचिव रमेश नेपाली प्रमुख आतिथ्यता र खाडाचक्र नगरपालिकाका वडा अध्यक्ष द्धय धर्मराज तामा्रकार र देउराम बिकको बिषेश आतिथ्यतामा आज यक कार्यक्रमका बिच अधिवेसन सम्पन्न भएको हो ।

सम्पन्न अधिवेसन बाट दलित सेवा संघकालिकोटको नया नेतृत्व समेत चयन गरिएको छ । नव गठित समितीको अध्यक्षमा बसन्त सुनार चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा कपुरे बिश्वकर्मा ,सचिवमा रमेश सुनार ,सहसचिव कर्ण परियार कोषध्यक्ष ,पदमा तिरुवा सदस्य तारा सार्की लगाएत १५ सदस्य समितीको निर्बिरोध गठन गरियको हो ।
तिलाप्रेस । २४ मंसिर २०७९, शनिबार ०८:५३