विद्युत महशुल काउण्टर उद्घाटन गर्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाही

मंसिर १२ कालिकोट हामी बनाउछौ हाम्रो नगर भन्ने मुलनाराका साथ रास्कोट  नगरपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकता रहेको विद्युत महशुल काउन्टर स्थापना गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले सेवा कार्यालयको उद्घाटन गरेका छन ।

सेवा कार्यालयको उद्घाटन गर्दै नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले राज्यबाटै पछि परेको कर्णालीको विकासले मुहार फेर्न लागेको  बताए । साथै जिल्लाका ९ वटै स्थानिय तहहरु भन्दा रास्कोट नगरपालिका नागरिक मैत्री बनेको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताए ।

सदरमुकाम मान्मबाट प्राप्त हुने सबै सरकारी सेवा सुविधा अव रास्कोट नगरपालिकाको केन्द्र आरसिपी बजारबाटै प्रबाह हुने भएपछी त्यहाँका स्थानीय बासिहरुले हर्षित भएका छन ।हरेक सरकारी कामकाजका लागि एक दिनदेखि दुई दिन लगाएर सदरमुकाम मान्म धाउनुपर्ने बाध्यता अन्त्य भएको बताएका छन ।

नगरपालिकाले पालिकामै सेवा कार्यालय स्थापना गरेपछी नगरबासिले विद्युत महशुल जिल्लामा आएर तिर्नु पर्ने झन्डटबाट मुक्क्ती पाउने भएका हुन ।

तपाईको प्रतिक्रिया