बाजुराको पुर्वी उत्तरी भेग हिमाली गाउँपालिका वडा न.६ मा रहेको भवानी माध्यमिक बिधालय धुलाचौरमा निस्शुल्क पोषण तथा स्वास्थ्य शिविर संचालन गरिएको छ।
भवानी माध्यमिक बिधालयमा रहेका बालबालिका हरुलाई पोषण सम्बन्धि विशेषगरी स्वास्थ्य परिक्षण गरिएको छ । १० वर्ष मुनि रहेका बालबालिकालाई सबैलाई लिटो ५०० ग्राम हिसाबले वितरण गरेका छौ । भने १४ वर्ष सम्मका बालबालिका हरुलाई स्वास्थ्य चेकजाँच गरी औषधी वितरण गरिएको नेपाल युथ फाउन्डेसनका कार्यक्रम अधिकृत साजन नगरकोटीले बताएको छ।

उक्त शिविर सञ्चालन कार्यक्रम हिमाली गाउँपालिका धुलाचौर बाजुरा र जिल्ला अस्पताल बाजुरा पोषण पुनःस्थापना ग्रह सुदूरपश्चिम प्रदेश को समन्वयमा नेपाल युथ फाउन्डेसन द्धारा शिविर सञ्चालन गरिएको बताएको छ।

बिधालयमा अध्यन गरिरहेका बालबालिकालाई स्वास्थ चेकजाँच सहित उचाई र तौल अनुसार कुपोषण रोगको विशेषगरी स्वास्थ्य परिक्षण गरिएको बताएको छ। बिधालय रहेका बालबालिकालाई कुपोषण सम्बन्धि रोग लाई कसैलाई देखापरे भने जिल्ला अस्पताल बाजुरा पोषण पुनःस्थापना गृहमा पठाउने उपचार निस्शुल्क गरिने भएको छ। भवानी माध्यमिक बिधालय ,चण्डीका आधारभुत बिधालय र जनता कर्णाली इङलिस बोर्डिङ बिधालय समेत बालबालिकालाई कुपोषण सम्बन्धि स्वास्थ चेकजाँच गरिएको छ।
हिमाली गाउँपालिका शिविर ३ दिन सम्म ३ वटा बिधालयमा पोषण तथा स्वास्थ्य शिविर निरन्तर रहने पनि बताएको छ। मङ्सिर १२ गते सोमबार बडीमालिका माध्यमिक बिधालयमा पोषण तथा स्वास्थ्य शिविर गरिने नेपाल युथ फाउन्डेसनले बताएको छ।




तिलाप्रेस । ११ मंसिर २०७९, आईतवार १९:५३