बाल विवाह,छिटाे हुने विवाह र जवरजस्ती गरिने विवाह राेकथाम परियाेजनाका लागि स्थानिय बाल अधिकार समिति सदस्यका लागि बाल अधिकार,बाल संरक्षण ,प्रकाेप तथा घटना ब्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्वि लागि दुई दिने तालिम सुरू गरिएकाे छ ।

कालिकाेट जिल्लाकाे रास्काेट नगरपालिका ,सान्नित्रिबेणी गाउपालिका , नरहरिनाथ गाउपालिकामा याे कार्यक्रम लागू गरेकाे छ, प्लान इन्टरनेश्नल नेपालकाे आर्थिक सहयाेग ,सामाजिक जागरण तथा बिकास प्रतिष्ठान (सादा नेपाल) सहजिकरणमा क्षमता अभिबृद्वि तालिमा संचाल गरेकाे हुन नरहरिनाथ गाउपालिकाका उपाध्यक्ष कमल शाह काे अध्यक्षता ,शान्नित्रेवणी गाउपालिकाका उपाध्यक्ष पार्वती सिहं (संज्याल)काे प्रमुख आतिथ्य ,रास्काेट नगरपालिका वडा न ४ का वडा अध्यक्ष दिनेश संज्याल,शान्नित्रिबेणी गाउपालिका बडा न १ का वडा अध्यक्ष बैकुण्ठराज गिरी, नरहरिनाथ गाउपालिका बडा न ७का बडा अध्यक्ष खाम्म बटाला, स्थानिय बाल अधिकार समिति सदस्य, जनप्रतिनिधिकाे सहभागितामा कार्यक्रममा संचालन गरेकाे हाे ।


स्थानिय बाल अधिकार समिति सदस्यका लागि बाल अधिकार,बाल संरक्षण ,प्रकाेप तथा घटना ब्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्वि सम्बन्धी समुदायमा आधारित बाल संरक्षण प्रणालीमा थप सक्रियतामा टेवा पुगाउने उद्देश्यले तालिमको आयोजना गरिएको परियाेजना सहयाेजक दल्सिह कुमालले बताए । स्थानिय बाल अधिकार समिति सदस्यका लागि बाल अधिकार,बाल संरक्षण ,प्रकाेप तथा घटना ब्यवस्थापन सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धि र कानुन, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बाल बचाउने, बाल संरक्षण ,बाल बिकास,बाल सहभागिता,संस्थागत बिकास सम्बन्धि सुचक काम कर्तव्य र विद्यालयमा रहेका समस्याहरूको पहिचान लगायतका विषयमा जगदिस बहादुर सिहं सहजिकरण गर्नु भयाे भएको थियो
बालबालिकाहरूको हक अधिकार संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धिहरू बनिसकेको भएपनि व्यवहारिक रूपमा कार्यान्वयन गर्न जरूरी रहेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरू कार्यन्वयन भएको अवस्थामा मात्रै बाल अधिकार सुनिश्चित हुने बिषयमा छलफल गरेका थिए ।




तिलाप्रेस । १३ मंसिर २०७९, मंगलवार १८:१५