बाजुरा ११ मसिर छिमेक लघुबित्त बित्तिय संस्था शाखा कार्यालय बाजुराले आफ्नो बार्षिक उत्सवको अवसरमा सरसफाइ कार्यक्रम गरेको छ । अन्तर्राष्ट्रियस्तरको पर्तिस्ठित ग्राहक सँरक्षण प्रमाणपत्र पाउन सफल छिमेक लघुबित्त बित्तीय सँस्था २२औँ बार्षिक उत्सवको अवसरमाा शाखा कार्यालय बाजुराले फलासैन सरसफाई कार्यक्रम गरि उत्सव मनाएको हो ।
छिमेक लघुबित्त बित्तीय सँस्था लि। को २२ओँ बर्षिक उत्सव को उपलक्ष्यमा शाखा कार्यालय बाजुराले स्थानीय बजार क्षेत्र बुढिगङगा नगरपालिका वडा नं ६ फलासैन बाजुरामा सरसफाई कार्यक्रम गरि मनाईएको हो । उक्त बजार क्षेत्रमा फोहोर वबस्थापनको लागि डस्ड्विन वितरण गरुनुका साथै उक्त कार्यक्रमा सँस्थाका कर्मचारीहरु, सदस्यहरु र स्थानिय बासिन्दाको उपस्थिति रहेको थियो।

प्रकृति मा रमाउन पाउनु मानिसको अधिकार हो भने र उक्त प्रकृति लाई सफा र स्वच्छ राख्नु पनि मानिसको जिम्मेवारी रहेको कुरा उक्त संस्थाका शाखा प्रबन्धक हरिचन्द्र भट्टले बताएका छन् । छिमेक लघुबित्त बित्तय सँस्थाको हाल नेपालका ६९ वटा जिल्ला को १९५ वटा शाखा मार्फत गरिब,महिला, बिपन्न तथा बैंकको पहुँच बाट टाढा रहेका बसिन्दाको घरदैलो मा पुगि ४ लाख २३ हजार भन्दा बढी सदस्यहरूलाई प्रत्येक्षरुपमा सेवा दिईरहेको छ ।




तिलाप्रेस । ११ मंसिर २०७९, आईतवार १९:४६