हरेक चुनावमा हिंसात्मक गतिविधि हुने गरेको कालीकोटमा यसपटक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराएको भन्दै प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले म्यादीसहित सुरक्षाकर्मीहरूलाई धन्यवाद दिँदै बिदाइ गरे ।
कालीकोट — हरेक निर्वाचनमा हिंसात्मक गतिविधि हुने गरेको कालीकोटमा यसपटक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएपछि प्रजिअ रामहरि शर्माले सबै सुरक्षाकर्मीलाई धन्यवाद दिँदै भने, ुतपाईंहरुको उच्च सुझबुझ र सतर्कताले जिल्लाभर कुनै घटना भएन, सबैलाई बधाइ छ ।
०७४ को स्थानीय तहको चुनावमा नरहरिनाथ ६ माल्कोटस्थित नन्दादेवी मावि मतदान केन्द्रमा मतपेटिका जलाउन लाग्दा प्रहरीको गोली लागेर राप्रपाका वडाध्यक्षका उम्मेदवार धनरुप बटालाको ज्यान गयो । अन्य ३ जना घाइते भए । गत वैशाखको स्थानीय तहको चुनावमा चन्द समूहले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धा गरेको कालीकोटमा रास्कोट, पचालझरनालगायतका केही मतदान केन्द्रमा धाधलीको प्रयास भए पनि यस पटक जिल्लाभर चुनाव शान्तिपूर्ण भएको स्थानीय अगुवाहरू बताउँछन् । प्रत्येक चुनावमा मृत्यु हुने गरेको परम्पराजस्तै बनेको कालीकोटमा यस पटक भने जिल्लाभर कुनै ठाउँमा पनि हिंसात्मक गतिविधि भएन ।
त्यसैगरी, कालीकोट जिल्लाबाट भर्ना गरिएका एक हजार म्यादी प्रहरीको पनि शुक्रबार बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुवराज बमले बताए । उनका अनुसार सबै म्यादी प्रहरीलाई घर पायक पालिका भन्दा अन्यत्र खटाइएको थियो ।





तिलाप्रेस । ११ मंसिर २०७९, आईतवार ११:५०