पूर्व मुख्यमन्त्री शाहीलाई क्याविनेट मन्त्री बनाउने प्रचण्डको घोषणा

चुनाबि आमसभालाई सम्बोधन गर्न कालिकोट पुग्नु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीसँग आगामी मंसिर चार गते हुने निर्वाचनमा जनतासँग मत माग्ने नैतिकता नभएको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धनले कालिकोटको मान्ममा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले २०७४ सालमा एमालेसँग तालमेल र पार्टी एकता गर्दा केपिमा सुधार आएको भन्ठानेपनि ओलीले एम्बुस थापेर बसेको पाइएको बताए । ‘उनले नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त संविधानलाई च्यात्न एम्बुस थापेर बसेका रहेछन् । दलित, महिला, जनजाती तथा पिछडिएका वर्गले नयाँ संविधानमार्फत पाएको अधिकार खोस्न चाहेका रहेछन् । त्यसैले दुइ दुई पटक प्रतिनिधि सभा भंग गराए ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

प्रचण्डले भने, ‘यस्ता काम गर्ने ओलीलाई अब मत माग्ने कुनै अधिकार छैन । जनताले ओलीलाई सोध्न आवश्यक छ, कम्युनिष्ट पार्टी धुजा धुजा पार्नेलाई किन भोट दिने रु संविधानले दिएको अधिकार ओलीमार्फत लुटाउन किन भोट दिने रु’ ओलीले संविधान मिचेर अपराध गरेको बताउँदै मत माग्नुपूर्व संसद भंग गर्नु गलत थियो भनेर जनतासमक्ष मागी माग्नुपर्ने बताए । प्रचण्डले कणरलीलाई आगामी बन्ने गठबन्धनको सरकारले देशैभरमा पहिलो प्राथमिकतामा राख्ने बताए । ‘कणरली करिडोरको स्तरोन्नती गर्छौं ।

फूकोट जलविद्युत आयोजनालाई चाँडै सम्पन्न गराउँछौं । उनले भनेकणरलीलाई बजेटमा पहिलो प्राथमिकता दिन्छौं र कणरलीमा सबैभन्दा पछि परेको कालिकोटलाई विशेष प्राथमिकता दिएर बजेट निर्माण गर्छौं । अध्यक्ष प्रचण्डले कणरली प्रदेशको सफल मुख्यमन्त्री महेन्द्रबहादुर शाही भइसकेको बताउँदै आगामी निर्वाचनमा उनलाई जिताए क्याविनेट मन्त्री बनाउने आश्वासन समेत दिए ।

अध्यक्ष प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति गिरीजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा हस्ताक्षर गर्दा कोइरालाले लालसलाम भनेको र आफूले जयनेपाल भनेको स्मरणसमेत गरे । उनले अहिलेको गठबन्धन शान्ति सम्झौताको निरन्तरता रहेको बताए

तपाईको प्रतिक्रिया