कालीकोटमा बेलुका ९ बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइन

कार्तिक ६ कालिकोट जिल्ला प्रशासन कार्यालय कालीकोटले देउसी–भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहन समेत प्रशासनको अनुरोध रहेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

जिल्ला प्रशासन कार्यालय कालीकोटले जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ ।

दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र यदि कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरु गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया