बाढी पहिरो पीडितलाई रेडक्रस द्धारा सहयोग

कालीकोट जिल्लामा असोज १८ गतेदेखि परेको अविरल वर्षासंगैको बाढी पहिरोबाट पीडित बनेका नागरिकलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालीकोटले राहत वितरण गरेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

नेपाल रेडक्रस सोसाईटी कर्णाली प्रदेशका सभापति भेषबहादुर थापा जिल्ला शाखा कालीकोटका सभापति बलप्रसाद संज्याल र शुभकालीका गाउँपालिकाका उपप्रमुख धर्मकला शाहीले एक कार्यक्रमको आयोजना गरि राहत वितरण गर्नुभएको छ ।

रेडक्रसले जिल्लाको रास्कोट नगरपालिकाका १ सय २५ घरधुरीलाई राहत वितरण गरेको छ । रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाही पोषण र रेडक्रस उपशाखाका सभापति प्रेमबहादुर शाहीले राहत वितरण गरिएको बताइएको छ ।त्यस्तै जिल्लाको महावै गाउँपालिकाका २५ घरधुरी र शुभकालीका गाउँपालिकाका ४० घरधुरीलाई खाद्य तथा गैरखाद्यय सामाग्री वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया