कर्णालीमा २७६ निर्वाचनस्थल अतिसंवेदनशील

कर्णाली प्रदेशका २७६ निर्वाचन स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। जिल्लाको निर्वाचन सुरक्षा समितिले तयार पारेका प्रतिवेदनका अनुसार रुकुम पश्चिमका २१, कालिकोटमा ७४, डोल्पामा २३, सल्यानमा ६३, दैलेखका ४८, सुर्खेतका २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको हो।समितिका अनुसार सात जिल्लाका ३२५ मतदानस्थल संवेदनशील रहेका छन्, जसमध्ये रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका छ, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल संवेदनशील देखिएका छन्।प्रदेशभर १३८ वटा मतदानस्थल सामान्य रहेका छन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ ।कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर ९३३ मतदानस्थल र एक हजार ४०३ मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार ४०३ मतदाता छन्।

कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगले अन्य ६ जिल्लामा समानुपातिकतर्फको मतपत्र पुगिसकेको बताएको छ।

तपाईको प्रतिक्रिया