कालिकाेट-जिल्लाकाे रास्काेट नगरपालिका वडा न. ३ सागटियामा घर भत्किदा त्यहाका नागरिकहरु बिचल्लीमा परेका छन् । गत साता देखि लगतार चार दिन सम्म परेकाे अभिरल बर्षाका कारण बाढी लगाएत खाेलाले गर्दा घर भत्किएका हुन् ।
रास्काेट नगरपालिका ३ काे सागटियामा ८७ घर रहेकाे स्थानियले जानकारी दिएका छन् । त्यस मध्य १०/१२ घर बाहेक अरु घर क्षेति भएकाे जग्ग फेडरा नेकपा माओवादी केन्द्र का रास्काेट नगरपालिका सहसचिब जग्ग फडेराले जानकारी दिए । उनले भने, अहिले हामी त्य गाउँलाई अनेन्त्र ठाउँमा सार्न र समुदाय को लागि गाँस,बास र कपास को लागि सवै निकायलाई अपिल गरेकाे बताए । अहिले नगरपालिका लगाएत वडा सरकार साथै जिल्ला समन्नय, राजनीतिक दल , समाजसेवी , बुद्दिजिबी त्यस ठाउँमा गई रहेका छन् ।
असोज १९ गतेदेखि लगातार परेको वर्षा का कारण रास्कोट-३ सागटिया को बस्तीमा पहिरो जादा मानिसको जीवन यक्दमै कस्ठकर रहेको रास्काेट नगरपालिका ५ का वडा अध्यक्षले जानकारी दिए । अहिले उत्त बस्तीका मानिसलाई खाने खाना र आफू बस्ने पाल समेत दिईने बताए ।

अभिरल बर्षाले कालिकाेट जिल्लामा मानविय क्षेति बाहेक अन्य लाखाैकाे क्षेति भएकाे छ
तिलाप्रेस । २४ आश्विन २०७९, सोमबार १३:४३