चुनाव आयो, बाटो आएन

यतिबेला अन्यत्रझै कालीकोट पनि चुनावी माहोलमा रंगिसकेको छ । वुधवार प्रमुख दलका नेताहरू तथा स्वतन्त्र उम्मेदवारहरुले आफ्नो निर्वाचन चिन्ह पाएसंगै चारैतिर चुनावकै चर्चा शुरु भएको छ । तर, असोज १८ गते देखि २४ गते सम्म आएको अविरल वर्षाले सदरमुकाम कालीकोटमा न सडक सञ्जाल छ, न त पानी, न त विद्युत् नै छ । कालीकोटका सवै उम्मेदवारलाई अहिले यहि नै मुख्य एजेन्डा बनेको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

पचालझरना गाउँपालीका वडा नंः ३ का स्थानीय डम्मर वुढाले भन्नु भयो ‘फेरी चुनाव आयो, तर बाटो कहिल्यै आएन ।’ यद्यपि, कतिपय कालीकोटका उम्मेदवारले यसपालिको निर्वाचनको प्रमुुख एजेन्डा नै ग्रामिण सडक निर्माण र कर्णाली राजमार्ग र कर्णाली करिडोरको स्तरउन्नती गर्ने बनाएका छन् ।हप्ता दिनयताको निरन्तर झरी र वर्षाले फेरि जताततै पहिराले उच्च जोखिम निम्त्याएको छ । खोला बढेर साउनको भेलभन्दा बाढी उर्लिएपछि बचेखुचेका साँघु पनि असोजे भेलसँगै बगिसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार कर्णाली करिडोरको लालिघाट देखि बाजुराको सिमाना हिल्सा सम्म १०÷१५ स्थानमा पहिरो जाँदा सडक अवरोध भएको छ । यो सडकले गर्दा यात्रुहरुलाई निकै सास्ति भइरहेको छ । नरहरीनाथ गाउँपालीका वडा नंः ५ का स्थानिय भरत सहकारीले भन्नु भयो “वषौँ भइसक्यो सडकले गर्दा कालीकोटका नागरीकले सास्ति पाउने गरेको ” ।

सडक पुगेको ठाउँमा पनि बर्खामा हिलाम्मे हिउँदमा धुलाम्मे हँुदा नागरीकलाई झनै सास्ति हुने गरेको सहकारीले गुनासो गर्नु भयो । कालीकोटमा एक प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि ७ जना र दुई प्रदेश सभा निर्वाचन क्षेत्रका लागि १० जना गरी कुल १७ जनाको उम्मेदवारी रहेको छ । हरेक निर्वाचनमा यहाँका उम्मेदवारको मुख्य एजेन्डा नै सडक,शिक्षा,खानेपानि,स्वास्थ्य,रोजगारी नै वन्ने गर्दछ ।

निर्वाचनको मुखमा यि एजेन्डाहरुले चर्चा पाउने गरे पनि निर्वाचन पछि भने जुन जोगि आए पनि कानै चिरेको भनेझै हुने गरेका छन । जिल्ला निर्वाचन कार्यालय कालीकोटका सुचना अधिकारी धन वहादुर मल्लका अनुसार एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कालीकोटमा करिव ८० हजार भन्दा वढि मतदाता रहेका छन ।

आगामि मङ्सिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका उम्मेदवारहरुले ति मतदाताको मत कसरी आफ्नो पोल्टोमा पार्न सकिन्छ भन्ने दाउपेचमा लागेका छन ।

तपाईको प्रतिक्रिया