हेमराज उपाध्याय बाजुराः छात्रवृती कार्यक्रमको जानकारी तथा दशैको शुभकामना आदनप्रदान कार्यक्रम मंगलबार बडिमालिका नगरपालिको सभाहलमा सम्पन्न भएको छ ।स्थानिय तहमा जनप्रतिनिधि विजय भइसकेपछि उहाँहरुलाई कार्यक्रमको बारेमा जानकारी गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरेको बडिमालिका मिडिया हाउसका लक्ष्मिराज पाध्यायले वताए ।
साथै सोही अबसरमा शुभकामना आदानप्रदान गरेको पाध्यायले वताए ।कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोगमा बडिमालिका मिडीया हाउसले शुदुरपश्चिम प्रदेशका १० जनालाई छात्रवृत्ति प्रदान गरिरहेको छ ।
सहभागि अतिथिले छात्रबृत्ति सहयोग गर्ने संस्थालाई धन्यवाद दिएका छन् ।कल्याण फाउण्डेसन अमेरिकाको सहयोगमा बिपन्न तथा असाहय १० बालबालिकालाई छात्रबृत्ति प्रदान गर्दै आइरहेको छ ।
असाहय,अभिभाबक बिहिन, आर्थिक अबस्था कमजोर रहेका वालवालिकालाई उच्च शिक्षा सम्मका लागि पठनपाठन गराउने गरि छात्रबृत्ति प्रदान गरिएको छ ।
कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग र बडिमालिका मिडिया हाउसको आयोजना तथा समन्वयमा १० जना बिपन्न तथा असाहय बालबालिकाहरुलाई छात्रबृत्ति सहयोग शुरु गरेको फाउण्डेसन सदस्य काशि अधिकारीले वताए ।
१० जनालाई पठनपाठनमा सहयोग गर्ने गरि छात्रबृत्ति कार्यक्रम गरिरहेको कल्याण फाउण्डेसनका अध्यक्ष कुमारी धिताल लामिटारेले वताईन् ।

बडिमालिका नगरपालिका ७ बस्ने ५ बर्षको खगेन्द्र धामि र ६ बर्षका चेतन खत्रि, २ बस्ने ८ बर्षकि जेनिशा बिक, बडिमालिका नगरपालिका २ बस्ने १० बर्षकि अस्मिता खत्रि, ६ बर्षका अस्मीत खत्रि लाई सहयोग गरिरहेको छ । डोटिका शिलगढी नगरपालिका ८ डोटि बस्ने १५ बर्षकि रक्षा मल्ल, बडिमालिका २ बस्ने १६ बर्षका बिनोद नेपाली, ८ बर्षका कपिल नेपाली र बडिमालिका ७ बस्ने ५ बर्षकि दिपिका तिम्लिसेनालाई पनि सहयोग गरेको हो ।
त्यस्तै कैलालीको गोदावरी नगरपालिका ३ बस्ने गिता जोशीलाई पनि सहयोग गरिएको छ । गिता जोशी पत्रकार जेपी जोशीकि छोरी हुन्, जेपीको हत्या भएको थियो ।
सहयोग पाइरहेका बिनोद नेपालीले भने यसलाई आफुलाई पठनपाठनमा निकै सहयोग भएको वताए । बिनोदकि आमाले अर्को बिहे गरेर गइसकेकि छन्, भने बुवा अहिले सम्म पहिचान हुन सकेको छैन् ।
बडिमालिका मिडीया हाउसका सञ्चालक तथा सम्पादक प्रकाश सिंहको अध्यक्षमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय प्रमुख तुलक्षी राम रोकाया रहेका थिए । बिशिष्ट अतिथि नगर उपप्रमुख नन्दा थापा रहेकी थिईन् ।
बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, ८ का वडा अध्यक्ष चन्द्र थापा र ९ का वडा अध्यक्ष सुर्यकिरण बिक, पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क मल्ल, प्रेस चौतारीका केन्द्रिय सदस्य बसन्त बिश्वकर्मा, रेडक्रस बाजुरा सभापति राम बहादुर शाही, मालिका माबिका प्राचार्य शुभराज पाध्याय, बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकाया लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन बडिमालिका खबरका कार्यकारी सम्पादक लक्ष्मिराज पाध्याले गरेका थिए ।
तिलाप्रेस । १४ आश्विन २०७९, शुक्रबार १२:५४