कालिकोट कर्णाली प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधी जनचेतना युवा क्लव हाउडीले जितेको छ । कर्णाली प्रदेशमा हालसम्मकै सबैभन्दा ठुलो पुरस्कार राशीको प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधी जनचेतना युवा क्लव हाउडीले जितेको हो ।
लिगासैनी युथ क्लव कालिकोटको आयोजनामा यही असोज १० गतेदेखी सुरु भएको उक्त भलिबल प्रतियोगितामा रुकुम, सल्यान, सुर्खेत कालिकोट लगायतका जिल्लाबाट ९ वटा टिमहरुले भाग लिएका थिए । सबै टिमहरुलाई पराजित गर्दै जनचेतना युवा क्लव हाउडी र न्यू जेनेरेशन एण्ड डाईनामिक युथ क्लव पलाँता बीच कडा प्रतिस्पर्धा भएको थियो ।
ती दुवै टिमले खेलेका बेस्ट अफ फाईपमा तीन वटा ग्याम जितेर जनचेतना युवा क्लय हाउडी बिजेता भयो भने न्यू जेनेरेशन एण्ड डाईनामिक युथ क्लव पलाँता उप बिजेता बन्यो ।लिगासैनी युथ क्लव कालिकोटका अध्यक्ष हिक्मतजंग मल्लका अनुसार असोज १० गतेदेखी १३ गतेसम्म चार नि लगातार भएको खेलमा खेलाडीहरुले सव्य रुपमा आफ्नो उत्कृष्ट खे प्रदर्शन गरे ।
प्रतियोगितामा बिजेता जनचेतना युवा क्लव हाउडीले २ लाख २२ हजार २ सय २२ रुपैया र उप बिजेता न्यू जेनेरेशन एण्ड डाईनामिक युथ क्लव पलाँताले १ लाख ११ हजार १ सय ११ रुपैया पुरस्कार जित्न सफल भए । उत्कृष्ट खेलाडीहरुले अन्य मेडल र टफिहरु समेत पाए ।खेलका सबै बिद्याहरुमा बलिबल कर्णालीमा निकै लोकप्रिय छ । कालिकोटमा त झन बर्षेनी ठुला प्रतियोगिताहरु आयोजना हुने गरेका छन् । नयाँ बर्ष, बिजया दशै, तिहार लगायतका चार्डपर्व, दिवस तथा अन्य सार्बजानिक कार्यक्रममा भलिबल प्रतियोगिता आयोजना गरिन्छ । भलिबल यहाँका नागरिकहरुको आकर्षणको खेल पनि हो ।

भलिबल खेल्ने तथा खेलाडीहरु उत्साहित हुने प्रतियोगिता आयोजना नभएकाले आफुहरुले हालसम्मकै ठुलो राशीको पुरस्कार सहित प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष मल्लले बताए । उनले भने, भलिबल यहाँका सबै नागरिकहरुको आकर्षणको खेल हो । यहाँका हरेक युवाहरु भलिबल खेल्छन् । तर भलिबल खेलेर जीबिका चलाउने अवस्था छैन् । खेलाडीहरु निश्चित समयपछि अन्य पेशा व्यवसायमा लाग्छन् । तर अब सरकारले भलिबल मात्र खेलेर खेलाडीको जीबिका चलाउन सक्ने बाताबरण बनाउनुपर्छ । यहाँका स्थानिय सरकारहरुले आफुहरुले आयोजना गरेका प्रतियोगिताहरुमा पनि सहयोग नगर्ने गरेको भन्दै दुखेसो पोखे । हामीले त भलिबल खेलको संरक्षण र खेलाडीहरुलाई थप उत्साहित बनाउन यस्ता प्रतियोगिता हरेक बर्ष आयोजना गर्ने योजना बनाएका छौँ ।
राज्यले पनि खेलाडीहरुको खेल खेलेर आफ्नो भबिश्य सुरक्षित बनाउने गरी लगानी गरेको छैन् । कार्यक्रममा प्रमूख अतिथि संबिधान सभा सदस्य तुलाराज बिष्ट, नरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्र बिष्ट, शुभकालिका गाँउपालिका अध्यक्ष गोबिन्द आचार्य लगायतका वक्ताहरुले लिगासैनी युथ क्लव कालिकोटले हरेक बर्ष आयोजना गर्ने प्रदेश स्तरिय खुला भलिबल प्रतियोगिताले खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षेमता विकासका लागि ठुलो सहयोग पुगेको बताए ।
तिलाप्रेस । १४ आश्विन २०७९, शुक्रबार ०५:५४