सानिमा वैंक कालिकोट शाखाले गरिव तथा जेहन्दार छात्रालाई एकलाखको छात्रवृत्ती रकम पर्दान गरेको छ ।सोमवार एक कार्यक्रमको आयोजना गरी दूई जना छात्रालाई एक एक लाखको छात्रावृत्ति रकम हस्तान्तरण गरिएको हो ।
गरिब तथा जेहन्दार खाँडाचक्र नगरपालिका वडा नम्बर ७ की सर्जना कार्कि र २ निवासी सुविधा शाहीलाई छात्रवृति प्रदान गरिएको छ ।वडा नम्बर १ का वडाध्यक्ष धर्मराज ताम्राकार र वैंकका प्रवन्धक मछिन्द्र कुमार भण्डारीले प्रमाण पत्रसहित रकम प्रदान गरेका हुन ।सानिमा बैंकका शाखाहरुबाट संस्थागत उत्तरदायित्व शैक्षिक कार्यक्रम अन्तर्गत गरिब,जेहेन्दार तथा विपन्न परिवारका दुई जना विद्यार्थीलाइ प्रत्येक वर्ष एक लाख छात्रवृति प्रदान गर्दै आइरहेको छ
विगत सात वर्षदेखि काठमाडौ“ उपत्यका बाहिर रहेका सानिमा बैंकका प्रत्येक शाखाहरुबाट विद्यार्थीहरुलाई आफ्नै रोजाईको शैक्षिैक संस्था र संकायमा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैंकका शाखा प्रबन्धक मछिन्द्र कुमार भण्डारीले बताए । ‘ स्थानीय तहका विद्यालयबाट आएको आवेदनका अनुसार छात्रावृति दिएका छौं’ उनले भने, ‘यस शैक्षिक सत्रमा कालिका माध्यामिक विद्यालय पिलीका छात्रा सर्जना कार्कि र जनज्वती माध्यामिक विद्यालय भर्तामा अध्यायनरत छात्रा सुविधा शाहीलाई छात्रावृति दिएका छौं ।

आगामी वर्षहरुमा पनि निरन्तर रुपमा यस्ता कार्यक्रमहरु चलाउने उनको भनाई थियो ।वडा नम्बर १ का अध्यक्ष धर्मराज ताम्राकारले विद्यार्थीको शिक्षा प्राप्त गर्नेका लागि हौसला प्रदान गरेको बताए ।आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको सानिमा वंैक भगवान भएको छ । यसमा नगरपालिका पनी साmेझेदार भएर काम गर्ने विश्वास समत व्यक्त गरेका छन ,सानिमा बैंकले विकट गाउँमा पनि विद्यार्थीहरुको शैक्षिक क्षेत्रमा महत्वपूर्ण काम गरेको ताम्राकारले बताए ।
तिलाप्रेस । १० आश्विन २०७९, सोमबार १८:४९