असोज १० कालिकोट जिल्लाको सदरमुकाम मान्मामा असोज ५ गतेदेखि सुरु भएको बृहत् सांस्कृतिक महोत्सव आज समापन भएको छ । कालिकोटस्थित धार्मिक तथा सांस्कृतिक महत्व बोकेका पर्यटकीय स्थलको प्रवर्द्धनका साथै खेलकुद क्षेत्रमा युवालाई अग्रसर गराउने उद्देश्यले महोत्सव आायोजना गरिएको कर्णाली जेसिजका अध्यक्ष धर्म राज शाहीले जानकारी दिए ।
कर्णाली जेसिज दोस्रो भलिबल कप, कृषि तथा सांस्कृतिक महोत्सव कार्यक्रमलाई को आयोजना गरीएको हो । विकासमा पछाडि परेको कालिकोटलाई महोत्सव कार्यक्रमहरुले प्रवर्द्धन गर्न टेवा पुग्ने उद्दृश्यले सञ्चालन गरीएको महोत्सव आज समापन भएको छ । ।महोत्सवमा कर्णाली जेसिज दोस्रो भलिबल कप आयोजना गरिएको थियो ।

प्रतियोगीतामा प्रथम हुनेले नगद रु १ लाख ११ हजार १ सय ११ र दास्रो हुनेले ५१ हजार १सय ११ रुपैयाँसहित मेडल, ट्रफि रहेको थियो । भलिवल प्रतियोगितामा नरहरीनाथ गाउँपालीका को बि टिम ले प्रथम स्थान हात पार्न सफल भएको छ भने ए टिमले दृर्तिय स्थान हात पारेको छ ।
तिलाप्रेस । १० आश्विन २०७९, सोमबार १८:५८