एक घरमा आगलागी हुँदा लाखौंको क्षती

बाजुरा  जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको एक घरमा आगलागी हुँदा लाखौंको क्षती भएको छ ।सोही गाउँपालिका–१ जोरुमा स्थानीय विर्खबहादुर रावलको दुई तले दुइ कोठे खरले छाएको घरमा आगलागी हुँदा आशिंक रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिएका छन् ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उनले दिएको जानकारी अनुसार रावलका छोराछोरी आगो खेल्ने क्रममा आगलागी भएको बताए । घरको माथिल्लो तला आगलागी हुँदा आशिंक रुपमा क्षती भएको र सो कोठामा रहेका ५२ हजार नगद,अन्न लुगा कपडा जलेर नष्ट भएको प्रहरी निरिक्षक बोगटीको भनाई रहेको छ । आगलागीबाट अन्दाजी एक लाख बराबरको क्षती भएको प्रहरी निरिक्षक बोगटी बताउँछन् ।
इलाका प्रहरी चौकी सुइजिउलाको टोली घटनास्थल गई क्षतीको विवरण संकलन गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया