आत्महत्या रोगथाम गर्नका लागी सचेतना कार्यक्रममा सम्पन्न

असोज २  कालिकोट हर पहर,गाउँ र नगरी ,टोलटोलमा नेपाल प्रहरी, भन्ने मुल नाराका साथ आज एक कार्यक्रमका विच आत्महत्या सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ। USAID को सहयोग र जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा परिक्रमा गरेर आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालको अध्यक्षता जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख रामहरी शर्माको प्रमुख आतित्थ्यतामा भएको थियो । उक्त कार्यक्रममा बोल्दै प्रहरी प्रमुख रिमालले आत्महत्या गर्नुका कारण र आत्महत्या रोकथामका उपायहरु समेत बताउनु भएको छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

उक्त सचेतना मुलक कार्यक्रम जिल्ला स्थित राजनैतिक दल,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि नागरिक समाज,नेपाल प्रहरी,ससत्र प्रहरी,नेपाल आर्मी ,पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समिति कालिकोटको सभाहलमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया