कालीकोटको सदरमुकाम मान्ममा भलिवल प्रतियोगिता सहित सांस्कृतिक कार्यक्रम हुँने भएको छ । कालीकोटको कला साहित्य र संस्कृतिको संरक्षण गर्नका लागि असोज ५ गतेदेखि १० गतेसम्म समन्वय समितिको खुल्ला मञ्चमा बृहत भलिवल प्रतियोगिता सहित सास्कृतिक कार्यक्रम हुँने भएको हो ।
कालीकोटको पर्यटकीय क्षेत्रको प्रचार प्रसार संस्कृतिको संरक्षण गर्नका लागि मेलाको आयोजना गर्न लागिएको कर्णाली जेसिजका अध्यक्ष धर्मराज शाहीले बताए ’उनले भने, कालीकोट प्राकृतिक स्रोत, पर्यटकीय क्षेत्रले भरिपूर्ण भएपनि यहाँको प्रचार हुँन नसक्दा प्राकृतिक सम्पदाहरु ओझेलमा परेकाले कर्णाली जेसिज र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान यसको संरक्षणमा लागेको बताए ।

मेलामा, पालिका स्तरीय भलिवल प्रतियोगिता, कृषि प्रर्दशनी, गायन, देउडा, मागल, झोडा, चुट्किला, हुड्केउली, गजल, कविता लगायत प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान शाखा कालीकोटका अध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेले बताए । अध्यक्ष न्यौपानेका अनुसार उक्त सांस्कृति कार्यक्रममा कालीकोटका स्थानीय कलाकार र साहित्य स्रष्टालाई राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा कालीकोटको तर्फबाट सम्मान ग्रहण समेत गरिने बताए ।
तिलाप्रेस । २ आश्विन २०७९, आईतवार २०:१२