मुुगु जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मुल नारासहित जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणासभाको आयोजना भएको जिल्ला खोप समन्वय समिति सचिव एवं स्वास्थ्य कार्यालय मुगुका प्रमुख उमेश गौतमले बताउनुभयो ।
घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चतता तथा दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।स्वास्थ्य कार्यालयको अद्यावधिक विवरण अनुसार जिल्लामा राष्ट्रिय खोप तालिका अनुसार १५ महिना मुनिका १ हजार ६ सय ८८ बालबालिकाहरूले खोप लिईरहेको पाइएको छ ।

यस्तै जिल्लाभर १६ देखि २३ महिनासम्मका १ हजार १२ जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम सम्पुर्ण खोप प्राप्त गरी पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।
तिलाप्रेस । २३ भाद्र २०७९, बिहीबार १८:२३