जाजरकोटमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जाजरकोट–डोल्पा सडक अन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–८ मालुवातडा नजिक ट्रक दुर्घटना भएको हो ।
रुकुम जिल्लाको राडिदेखी मैदा ९पिठो० लिएर जाजरकोट तल्लुबगर जाँदै गरेको भे१ख३७३६ नम्करको मिनी ट्रक ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीको भनाई छ ।कर्णाली प्रदेश प्रहरीकाअनुसार ट्रक सडकदेखि तल भेरी नदीको किनारमा खसेको थियो ।

ट्रक दुर्घटनामा मृतकको पहिचान खुल्न सकेको छैन् भने रोल्पा गंगादेब गाँउपालिका–३ नविन डाँगी घाइते भएका छन् ।उनको उपचार भइरहेको छ । भने ट्रक चालक भेरिगंगा नगरपालिका–६ सुर्खेतका लक्षीराम बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तिलाप्रेस । २४ भाद्र २०७९, शुक्रबार ०९:१०