कमल कुमाल
२३ भदौ कालिकोट , जिल्लको रास्कोट नगरपालिका वडा नं.३ मा पुर्खाहरुको पालादेखीनै माटोका भाँडा गाग्री, आलुवा लगायतका भाँडाहरु बनाउने क्षेत्र कुमालबाटामा भाडा उद्योग संचालन भए संगै अहिले त्यहाँका नागरिकहरुकाले सिप सिक्दै गरेका छन ।
पुर्खाहरुको पाला देखी नै माटाको भाँडा बनाउने परम्परागत बनाउँदै आएका र हाल आधुनिक मेषिन बाट विभिन्न प्रकारका भाँडा बनाएर सिप सिकौं आत्म निर्भर बनौ भन्ने मुल नाराको साथ वडा नं.३ मा भाँडाको उद्योग संचालन गरेको स्थानीय बासी रन्दिप कुमालले जानकारी दिनु भएको छ ।

सिप सिक्न चाहाने ब्यक्तिले उद्योगमा गएर सिप सिकेर आत्म निर्भर बन्न सकिने समेत बताउनु भएको छ । अहिले आधुनिक मेषिन बाट सिप सिक्ने इच्छुक ब्यक्तिहरुलाई अहिले २ दुई जना प्रशिक्षक बाट तालिम दिदै आईरहेको छ ।
तिलाप्रेस । २३ भाद्र २०७९, बिहीबार १३:५२