पचालझरना गाउँपालिकाले ग¥र्यो अपाङ्गता भएका ब्यक्तिहरुका लागी स्वास्थ्य शिविर छनौट

२३ भदौ कालिकोट ,जिल्लाको पचालझरना गाउँपालिकामा गोर्खा ओईल्फेयर एण्ड ट्रस्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग, पचालझरना गाउँपालिका स्वास्थ शाखाको समन्वयमा वडा नं.४अन्र्तगत स्वास्थ्य चौकी राम्नाकोटमा कानको जाली फाटेका, दातको पुरै सेट नभएको तथा दातको समस्या भएका, हातखुट्टा गुमाएर अपाङ्गता भएका ब्यक्तिहरुलाई छनौट गरिएको छ ।

अपाङ्गता भएका ब्यक्तिहरु जनक रोकाया,मंसिरा रोकाया,नयाँ दर्जी, जोर रोकाया,विश्नचन्द न्यौपाने हिरा शाही लगायका अपाङ्गता भएको ब्यक्तिहरुलाई छनोट गरिएको छ । उक्त स्वास्थ्य शिविर छनौट कार्यक्रममा स्वास्थ्य संयोजक,विरेन्द संज्याल ,भुमिनन्द संज्याल डा.अरुण काफ्ले,जस सेजुवाल, लगायतका डाक्टरहरुले छनोट गरेका छन् ।

अपाङ्गता भएका ब्यक्तिहरुलाई उपचारका लागी असोज ६ गते सदरमुकाम मान्ममा उपचार हुने पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले बताउनु भएकोे छ ।

तपाईको प्रतिक्रिया