२२ भदौ२२ भदौ कालिकोट ,जिल्लाको तिलागुफा नगरपालिकाले बैंकिङ सेवा नपुगेका बिकट बस्तीहरुमा शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ । बाल पोषण, जेष्ठ नागरिकले पाउने बृद्ध भत्ता, एकल भत्ता जस्ता सामाजिक सुरक्षा भत्ता बितरण गर्न लगायतका आर्थिक कारोवारहरुलाई सहज बनाउन नगरपालिकाले इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा गाँउमै शाखा रहित बैंकिङ सेवाको सुरुवात गरेको छ ।
बैंकिङ सेवा लिनका लागि नगरपालिकाको केन्द्र गाल्जे जाँदा सेवाग्राहीका चापका कारण लाईन कुर्नु पर्ने, घण्टौँ पैदल बाटो हिड्नु पर्ने, कहिलेकाँही नेटमा खराबी हुँदा काम नहुने, सामान्य कागजपत्र छुट्दा काम नभएर घर फर्किनुपर्ने जस्ता समस्याहरु खेप्दै आएका तिलागुफा नगरपालिका वडा नं ९, १० र ११ वडाका लागि पाईक पर्ने चिल्खाया ठिन्के बजारमा शाखा रहित बैंकिङ सेवा सुरु भएपछि यहाँका नागरिकहरुलाई ठुलो राहत भएको छ । जोखिमयुक्त पैदल बाटो, सेवाग्राहीको चाप लगायतका धेरै समस्या थियो ।

त्यसलाई कम गर्न नगरपालिकाका वडा नं. १, २, ३ र ४ लाई पाएक पर्ने गरी नाग्ममा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकमा सेवा लिने, ५, ६, ७ र ८ लाई नगरपालिका केन्द्रमा रहेको बैकको शाखाबाट सेवा लिने र ९, १० र ११ लाई ठिन्के बजारमा स्थापना गरिएको यही शाखा रहित बैंकिङ सेवाबाट सेवा लिने गरी ब्यवस्था मिलाएका छौँ । यसो गर्दा नगरवासी सबैले सहज तरिकाले बैंकिङ सेवा पाउने भएका छन् ।
तिलाप्रेस । २२ भाद्र २०७९, बुधबार २०:४७