कर्णाली प्रदेशबाट कुमेते फाइटमा दैलेखकी हेमा खडका राष्ट्रिय स्तरमा छनौट

२२ भदौ, सुर्खेत  दैलेखकी हेमा खडका ६८ प्लस कराँते खेलको कुमेते तर्फको फाइटमा पहिलो भएर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनौट भएकी छन् ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले आयोजनागरि सुर्खेत जिल्लामा सम्पन्न भएको खेलमा प्रदेश ६८ प्लस कुमेते फाइट तर्फ हेमा खडका प्रथम हुँदै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएकी हुन । करिब ८ वर्ष पहिले गाडी दुर्घटनामा परेर शक्त घाइते भएकी खडका केही बर्षपछि खेलेमा सहभागी भई यो सफलता प्राप्त गरेकी हुन ।

गाडी दुर्घटनाले गर्दा खेल्न नसकेर छाडेको तर प्रदेश र जिल्लाको नाम उच्च राख्न खेलमा सहभागी भएर प्रथम बनेर राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेगरि छनौट हुँदा आफुलाई गर्व महसुस भएको खडकाले बताएकी छिन । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि अब आफुले खेल क्षेत्रबाट सन्यास लिने पनि खडकाले बताइन ।दोश्रोमा सुर्खेतकी दिपा बिक र तेस्रोमा जाजरकोटकी अनिशा सिंह सुनार छनौट भएकी छिन ।

त्यसैगरी ६७ के।जि तौलका प्रथम दैलेखका हिक्मत रोका मगर, दोस्रो सुरेन्द्र शाह जुम्ला र तेस्रो सुर्खेतका लबीस थापा मगर भएको जिल्ला खेलकुद बिकास समिति दैलेखका अध्यक्ष गोपाल बिसीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया