तिलागुफा नगरपालिका सरकारका १०० दिन

तिलागुफा  नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर शाहीले स्थानीय सरकार संचालनका एक सय दिनको उपलब्धी आज सामाजिक संजाल फेकबुक मार्फत सार्वजनिक गर्नु भएको छ । बिशेषज्ञ सेवा सहित नगर अस्पताल संचालन, चिल्खायाको टाम्का र नाग्मको बजेडी चौरमा एकिकृत नमुना बस्ती विकास र सडक पुर्वाधार विकास कार्य अगाडी बढाइएको उल्लेख गरिएको छ । यस सम्बन्धमा थप जस्ताको तस्तै तलको फेसबुक स्टाटसबाट वा तलको लिंकबाट हेर्नु होला ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

आज स्थानिय तह को निर्बाचन भयर तिलागुफा नगरपालिका को सरकार चलायको 100दिन पुगेको छ । यस क्रममा सरकार संचालन गर्दा भित्र र बाहिर बाट सहयोग गर्ने सम्पूर्णमा तिलागुफा नगरपालिका को तर्फबाट धन्यवाद दिन चाहन्छु । साथै नगरपालिका संचालनका एक सय दिन मा गरेका केही महत्वपूर्ण कामहरू लाई निम्नासार छन् । १) तिलागुफा नगरपालिका को आ.ब 2079/2080 को नीति तथा कार्यक्रम पास गरेको छ । २) तिलागुफा नगर अस्पताल बिशेषज्ञ सेवा सहितको संचालन गरेको छ। ३) तिलागुफा नगर पालिका को दुईटा ठाउँ चिल्खाया को टाम्का र नाग्मको बजेडि चौरमा एकीकृत नमुना बिकास बस्ति को लागि सडक लगायको पुर्बाधार बिकास गरिदै छ । ४)तिलागुफा नगरपालिका का बस्तिहरू मा राष्ट्रिय बिद्धुत प्रसारण लाईन बिस्तार को काम तिब्रता दिईरहेको छ । ४। तिलागुफा नगर पालिका मा छरियर रहेको बस्ति लुब्र , कामखेत र भात्तडिमा स्वास्थ्य ईकाई स्थापना सगै कार्यानयन गरिदैछ । ५। भैसे गौडा चिल्खाया रूडु सम्म को सडक लाई ग्रावेल गर्न टेण्डर गरियको छ ।

६) तिलागुफा नगरपालिका मा संन्चार बाट पहुच पिराउन तिलागुफामा रहेका टेलिकम का टावर हरू संचालन गर्ने काम भइरहेको र नाग्म को टावर केही दिनमै संचालनमा आउदैछ । ७) न्यायिक समितिको कार्यालय ब्यवस्थापन गर्नु का साथै न्यायिक काम सम्पादन भयका छन् । ड। वडा का योजना हरू को सर्बे गराई सम्झौता कार्य तिब्र भईरहेको छ । ढ। दोस्रो मेयर कप तथा महादेव मा।बि को बार्षिक उत्सव सम्पन्न भयको छ । १०) नगर उप(प्रमुख सग निशुल्क स्वास्थ्य शिबिर संचालन कार्यक्रम सम्पन्न भयको छ । ११) तिलागुफा नगरपालिका मा रहेका पानिका मुहान को पहिचान गरि एक घर एक धारा निर्माण गर्ने उदेश्य का साथ रणनीतिक योजना निर्माणको काम तिब्र गरियको छ ।
12) शिक्षामा गुणस्तर वृद्धि गर्न बिद्यालय अनुगमन लाई तिब्र गरियको छ ।१३।शिक्षा क्षेत्र र कर्मचारी लाई काम को पर्गति लाई तिब्रता दिन करार कार्यसम्पादन सम्झौता गर्ने कामको सुरूवात भयको छ ।

१४) बाल बिवाहा बाल हिंसा न्युनिकरण गर्न बाल कल्व बाल संजाल र सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
१५)बिपद जोखिम न्युनिकरण पर्तिकार्य योजना तयारि गरियको छ ।
१६) शिक्षा सग नगर प्रमुख कार्यक्रम सुरू गरिएको छ ।
१७) गरिबी निबारण तथा स्वास्थ्य सग उप(प्रमुख कार्यक्रम सुरू गरिएको छ ।
१९ )एक घर एक सुधारियको चुलो बितरण कार्यको थालनि गरिएको छ ।
२०) बिपद बाट पिडित का परिवारका घद्द घर निर्माण गर्ने कार्यको थालिनि भएको छ ।
२१) सुनौला हजार दिनका आमा हरू लाई पोषण युक्त खाने कुरा बितरण गरिएको छ ।
२२) कृषक समूह हरू लाई पाल तथा रेनकोट बितरण गरिएको छ ।
२३) स्वास्थ्य संस्था सुधार गर्न स्वास्थ्य नीति तथा नगर अस्पताल संचालन कार्यबिधि निर्माण गरिएको छ ।
२४) नगर उप(प्रमुख सग स्वास्थ्य कार्यक्रम कार्यबिधि निर्माण गरियको छ ।
२५) स्वास्थ्य उपाचार गर्न नसक्ने परिवार लाई स्वास्थ्य बिमा नगरपालिका ले गरिदिने अभियान सुरू भएको छ ।
२७)न्यायिक समिति को कार्यक्षेत्रमा पर्ने कानुनि कुरा लाई जानकारि दिन नगरमा रहेका प्रहरी चौकिमा रहेका प्रहरी र सरोकारवाला बिच अन्त्रकिर्या कार्यक्रम सम्पन्न भयको छ ।
२८) बालि बाट छाप्रे जाने बाटो पिसिसि का दागि सर्बे भयको छ ।
२९ ) बालिमा रहेको सार्बजनिक सौचालय मर्मत कार्य भयको छ ।
३० ) नगर अस्पताल र स्वास्थ्य संस्थाका लागि कर्मचारी का लागि करार भर्ना का लागि सुचना गरियको छ।
३१ ) ढाडखोला लघुजलबिद्दुत आयोजना मर्मत गरि सुचारू भयको छ।
३२ )जुबिथा बालचौर स्थित नगर स्तरिय रंगशाला निर्माण कार्य तिब्र पारियको छ ।
३३)सामाजिक सुरक्षा भत्ता का लागि बृद्ध, एकल महिला, अपांग हरूको एक मुष्ट खाता संचालन नगरपालिका ले खोलि दिएको छ ।
३४) कर्मचारी हरूको निगरानि गर्न सिसि क्यामरा को ब्यवस्थापन गरियको छ ।
३५) सेवाग्राहीहरू लाई गुनासो सुनुवाई बेन्च को ब्यबस्थापन गरिएको छ ।
३६) तिलागुफा नगरपालिका भात्तडिमा माहबै मन्दिरको उद्घाटन गरिएको छ ।
३७)तिलागुफा नगरपालिका वडा नम्बर ११ को काम्खेतमा एक घर एक सोलार बितरण गरिएको छ ।
३८)तिलागुफामा रहेका बिद्यालय का कर्मचारी ,भ्ऋम् सका , नगर अनुदान शिक्षक को तलव बृर्दि गरिएको छ ।
३९) महादेव मा।बि फोईकोट को फिल्ड निर्माण कार्य सम्पन्न भएको छ ।
४०) प्रधानमन्त्री रोजगार सह संयोजक बिज्ञापन गरिएको छ ।
४१)तिलागुफा नगरपालिका वडा नम्बर ड को चियानिमेला पहिरो नियन्त्रण र जुबिथा पहिरो नियन्त्रण का लागि सर्बे गरियको छ।
४२)अन्य नियमित हुने काम हरू लगायत विभिन्न बिकासका काम लाई निरन्तरता दिईएको छ
४३) तिलागुफा नगरपालिका को पहिचान सहितको लोगो निर्माण गरि संचान भयको छ ।
४५) तिलागुफा नगरपालिका समृद्धि बनाउन सहयोग गर्ने सहयोगि संघ संस्था हरू सग समन्वय सहकार्य का लागि छलफल लाई निरन्तरता दिईदै आयको छ ।
४६) नगरपालिका को राजस्व सुधार निर्माण गर्न राजस्व सफ्टवेयर निर्माण गरि अनलाईन राजस्व संचालन गरियको छ ।
४७)वन तथा वातावरण मन्त्रालय अन्त्रगत नेपाल जलवायु परिवर्तन कार्यक्रमसंग सम्झौता गरिएको छ ।
महेन्द्र बहादुर शाही
उप(प्रमुख
तिलागुफा नगरपालिका को कार्यालय
गाल्जे, कालिकोट

NewsRedPandaसभार ;

तपाईको प्रतिक्रिया