कर्ण कुमाल
१८ भदौ कालिकोट कालिकोट जिल्लाका दलित वालबालिकामा एईई पछि बिद्यालय छाड्ने क्रम बढेको एक अनुगमनले देखाएको छ ।। दुर्गम तथा पहाडी भेगमा गरिबी र अशिक्षाका कारण यस्तो समस्या देखियको छ ।कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं ५ मटेला निवासि धनपुरा बि.क अहिले १३ वर्ष कि भइन उनीचुलिमालिका माध्यामिक बिद्यालयकी एक विद्यार्थि हुन उनलाई पनि यो समस्याले पिरलि रहेको छ ।
अहिले उनलाई नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले मासिक छात्रावृद्धि उपलब्ध गराएपछि आफुलाई पढाईमा केहि सहज भएको धनपुराको भनाई छ । आफुले छात्रावृद्धिले बढ्न पाएपनि आफ्नो माइली दिदी सुनिता सुनारले एईईमा २.७५ जिपिए ल्यायर पास गर्दापनि दिदीलाई कक्षा ११ र १२ मा भर्नाहुन समेत आर्थिक अवस्था कमजोरका कारण दिदी सुनिताले बिचमै बढाइ छोड्नुपर्ने बाध्यता भएको धनपुराले बताइन, धनपुराको घरमा अहिले आमा वुवा,तिन दाजुभाइ र दुई बहिनी गरी सात जनाको परिवार छ ।

धनपुराका बुवा भने भारतको उत्ताखण्डमा,ज्याला मजदुरी गरी परिवारलाई छाक टार्ने जोहो गर्छन । तर केहि बालवालिकाको लागि भने नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ उत्तीकै सहारा बनेको पनि छ ।सेभद चिल्ड्रेनको,आर्थिक सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा संचालित नेपाल छात्रावृद्धि कार्यक्रम लागुभएको २०७० साल देखि हाल सम्म ६ सय ६७ जना दलित विद्यार्थिहरुले,सेवा लिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा संचालित नेपाल छात्रावृद्धि कार्यक्रमका अधिकृत गोरक नेपालीले बताए ।
अधिकृत नेपालीका अनुसार सेवा लीएका मध्य अहिले ७ जना स्थाइ र ३६ जना अस्थाई गरी जम्मा ४३ जनाले रोजगारी अर्थात जागीर प्राप्त गरेको उनले बताए ।कार्यक्रम हाल खाँडाचक्र नगरपालिको साबिक मान्म,दाहा र शुभकालिका गाउँपालिकाको साबिक भर्ता,सुकाटिया,र कालिकामुग्राहामा लागु भएको अधिकृत नेपालीले बताए । सनिवार भएको संयुक्त अनुगमनमा जिल्ला समन्वय समिती कालिकोटका सदस्य अजबहादुर बम,शिक्षा बिकास तथा समन्वय इकाइ कालिकोटका प्रबिधिक साहयक सुनिता रोकाया,नेपाल पत्रकार महासंघ कालिकोट शाखा सचिव खडानन्द अधिकारी,रारान्युजका अध्यक्ष कर्ण कुमाल ,कार्यक्रम लागु भएका क्षेत्रका शिक्षक, सेवालिने बिद्यार्थि लगाएतका सरोकारवालाको सहभागिता रहेको थियो ।
अनुगमनका सहभागिले भने कार्यक्रले दलित विद्यार्थीमा बिद्यालयजान र पढ्न हौसला प्रदान गरेकाले कार्यक्रमको क्षेत्र कालिकोट जिल्लाका ९ वटै स्थानिय तहमा बिस्थार गरीनु पर्ने सुझाव दिएका थिए साथै सहभागिहरुले । सेभद चिल्ड्रेनको,आर्थिक सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको साझेदारीमा संचालित नेपाल छात्रावृद्धि कार्यक्रम दलित बाल वालवबालीकाको साहारा बनेकाले यस कार्यक्रमलाई निरन्तरता दिन अयोजक संस्थालाई आग्रह समेत गरेका थिए ।
तिलाप्रेस । १८ भाद्र २०७९, शनिबार १७:३७