१७ भदौ कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले आफ्नो प्रशासनिक भवन निर्माणको लागि उपाध्यक्ष सिंह द्धारा शिलान्याश गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सान्नी त्रिवेणी गाउँपालिकाको साझदारीमा ८करोड ६२ लाखको लागतमा निर्माण हुने भवन निर्माण सम्पन्न भए पछि गाउँपालिकाको काम कारवाहीमा सहजता हुने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको सेनटर रहेको वडा न ६मा २ तले सुविधासम्पन्न भवन बन्न लागेको हो।

भवन सिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पार्वती सिंह (संज्याल)ले भवन तोकिएको समयमा गुणस्तीय बन्ने बिश्वास व्यक्त गर्नु भएको । उनले भनिन् ‘स्टामेट अनुसार दुई वर्षमा भवन तयारी सक्ने समेत बताउनु भएको छ । समयमै भवन सम्पन्न गर्न र गुणस्तरीय भवन बनाउनका लागी गाउँपालिकाले बेला बेलामा भवनको अनुगमन गर्ने उपाध्यक्ष सिंह बताउनु भएको छ ’।
उक्त उद्धघाटन कार्यक्रममा शान्नित्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह प्रमुख प्रशासकीय अधिकृत नेत्रराज शाही लागायका आम नागरिक हरुको सहभागिता रहेको थियो । नयाँ जनप्रतिनिधि आएपछि पालिकामा अहिले धेरै विकास भएको समेत बताईएको छ ।
तिलाप्रेस । १७ भाद्र २०७९, शुक्रबार ११:४४