अब थाईराइडको परिक्षण  जुम्लामै हुने

जुम्ला  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशाला स्तरबृद्धि गरिएको छ । बढ्दो नागरिकको जनगुनासोलाई मध्यनजर गर्दै कर्णाली प्रतिष्ठानको ल्याब सेवा जनशक्ति सहित स्तरबृद्धि गरिएको हो । विगतमा ल्याब नागरिकको अत्यधिक भिड लाग्ने गथ्र्यो ।ल्याबको स्तरउन्नती संगै अब जुम्लामै थाइराइडको परिक्षण हुने कर्णाली प्रतिष्ठानका निर्देशक डाक्टर पुजन रोकायाले बताए । उनले भने,“यस अघि थाईराइड परिक्षणका लागि नेपालगन्ज काठमान्डौ जानुपर्ने बाध्यता थियो । जुम्लाबाट रगत पठाउँदा हप्तादिन रिर्पोट कुर्नु पथ्र्यो । तर अब जुम्लामै थाईराइड परिक्षण हुने छ ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

जुम्लाबाट नेपालगन्ज परिक्षणका लागि पठाउँदा १५ सय रुपैया लाग्थ्यो । तर जुम्लामै १ हजार रुपैयामा थाइराइड परिक्षण हुने छ । भने कालिकोट र मुगुका नागरिकले पनि अब राहत पाउने भएका छन् ।कर्णालीका अधिकांश महिला थाइराइड समस्याबाट ग्रसित रहेका छन् । उनिहरुको राहतका लागि जुम्लामै विहिबारदेखि थाईराइड परिक्षणको सेवा सुरु गरिएको हो । साथै स्त्रीरोग सम्बन्धी हर्मोनको जाँच पनि जुम्लामै हुने भएको छ ।

आबश्यक जनशक्ति सहित ल्याब सेवा स्तरबृद्धि भएकाले विगत जस्तो भिड लाग्नु नपर्ने र छिटो छरितो सेवा उपलब्ध गराईने छ । भने भिटामिन ९डी० र भिटामिन ९डी०–१२ समेत उपलब्ध गराईने छ ।

निर्देशक रोकायाले थपे,“त्यस्तै बाँथरोगको उपचार हुने छ । हाल प्रतिष्ठानमा सामान्य ब्लक बैंक पनि संचालनमा रहेको छ । भने आगामी दिनमा रेडक्रस तथा अन्य दातृ निकायसंग समन्वय गरी आधुनिक प्रविधि सहितको ब्लड बैंक स्थापना गर्न पहल गरिने छ ।” आकस्मीक सेवाका विरामीलाई ल्याब परिक्षणका लागि समेत विशेष प्रथामिकता दिईने छ ।कर्णालीपोष्ट डेली बाट सभार

तपाईको प्रतिक्रिया