जुम्ला एकीकृत समाजबादी जुम्लाको अध्यक्षमा आदि प्रसाद न्यौपाने सर्वसहमत चयन भएका छन् । जिल्लाम आयोजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्यौपाने अध्यक्षमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । यश अघि पार्टिको सचिव पदमा कार्यरत तथा पार्टिको संगठन विस्तारमा लागि परेका न्यौपानले नेकपा एस जुम्लाको अध्यक्ष बनेका हुन् ।
साथै उपाध्यक्षमा रतन बहादुर रोकाया,उपाध्यक्षमा पदम बहादुर बुढा, सचिवमा शंख बहादुर रोकाया,उपसचिवमा टेक प्रसाद धिताल र उपसचिवमा मैना शाही चयन भएका छन् ।
अध्यक्ष लगायत पदाधिकारीको मंगलबार विहान पद तथा गोपनियताको सपथ ग्रहण भएको छ । एकीकृत समाजबादी पार्टिका जुम्ला ईन्चार्ज देविलाल थापाले नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको हो ।
नवनिर्वाचित अध्यक्ष आदीप्रसाद न्यौपानले आगामी दिनमा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टिलाई बलियो बनाउन संगठन विस्तार गर्न लागि पर्ने बताए । नेकपा ९एस० पार्टिलाई जुम्लाको पहिलो शक्ति बनाउन कसरत गर्ने उनको भनाई छ । उनले भने,” सांगठित रुपमा बलियो बनाउन समेत लागि पर्ने छौ । पार्टि बनाउने कुरामा सधै कटिबद्द हुन्छौ । सबै साथ सहयोग रचनात्मक सुझावको अपेक्षा गर्दछौ ।”

एकीकृत समाजबादी पार्टि जुम्लाका ईन्चार्ज देविलाल थापाले नयाँ निर्वाचित अध्यक्ष लगायतका पदाधिकारी बधाई दिए । नयाँ पदाधिकारिलाई पार्टि बलियो बनाउने संगठन सुदृढ गर्ने ठुलो जिम्मेवारि प्राप्त भएको बताए । समाजबादि पार्टिलाई जुम्लाको मुल पार्टि बनाउन तर्फ उन्मुख हुन समेत नयाँ नेतृत्वलाई सुझाब दिए । लामो समय देखि पार्टिले नयाँ नेतृत्व नपाएको गुनासो आएपछि छलफल गरि नयाँ नेतृत्व चयन गरिएको हो ।
उनले भने,”पार्टि निर्माण र सुदृढिकरण गर्नु पर्ने दोहोरो जिम्मेवारी छ । पार्टिलाई विधि पद्दती अनुसार दुर्त गतिमा अघि बढाउन जरुरी छ । पार्टि प्रतिघात अन्तरघात गर्नेलाई अब ठाउँको ठाउँमै कारबाहि गरिने छ ।” आगामी निर्वाचनमा उल्लेखिय मत ल्याउने गरि पार्टि निर्माण तथा संगठन विस्तारमा जुट्न जरुरी रहेको उल्लेख गरे ।
सपथ ग्रहण कार्यक्रममा कर्णालीका एस पार्टिका नेता तथा कार्यकर्ताको सहभागिता थियो
तिलाप्रेस । १४ भाद्र २०७९, मंगलवार १९:५३