भदौ १४ कालिकोट जिल्लाको सदरमुकाम मान्मको प्रतिमाचोकमा उत्साहका साथ तीज मनाइएको छ। हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी मनाउँने यो पर्व कालिकोट जिल्ला र जिल्लाका आसपासका क्षेत्रमा पनीतीज कार्यक्रम मनाइएको छ।
हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई लिने गरिन्छ्। आजको दिन महिला अर्थात् नारीहरूले उत्साहका साथ मनाउँने गर्दछन्। भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ ।

तिलाप्रेस । १४ भाद्र २०७९, मंगलवार १८:३१