भदौ १४ कालिकोट जिल्लाको सान्नी त्रिवेणि गाउँपालिकामा २ जना कृषकलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । वडा नं ४ मा रहेका अती गरिब बिपन्न आयआर्जन नभएका २ जनालाई उन्नत जातको बाख्रा वितरण गरिएको बताइएक छ ।
वडा नं ४ का कृषक कपुरे विक र अज ऐडिलाई उन्नत जातको बाख्रा वितरण गरिएको वडा अध्यक्ष देव नाथ योगिले बताउनु भएको छ । बाख्रा पालन गरेर केही आर्थिक अबस्था सुधार होस र घर खर्च चलाउन सजिलो होस भनेर गरिब विपन्न परिवारका २ जनालाई वितरण गरिएको वडा अध्यक्ष योगिले बताउनुभएको छ ।

वडा सरकारले बाख्रा दिएपछि राम्रो शीत पालन पोषण गरेर एक दुई दुईको चार बनाएर आफ्नो आम्दानि बढाउने समेत कृषक कपुरे तिरुवाले बताए । उनले भने स्थानिय सरकार आएको बल्ल महशुस भयो । आफुले दिएको भोट सदुपयोग भयो भन्ने लागेको छ । हामी गरिब बिपन्न परिवारको लागि पनि स्थानिय सरकार रहेछ भन्ने अनुभुति भएको अज ऐडिले बताए ।उक्र वितरण कार्यक्रममा वडा अध्यक्ष योगीले वडा कार्यालयवाट गरिब बिपन्न परिवारका लागि यस्तै सहयोग गरिरहने समेत योगिले बताउनु भएको छ ।
तिलाप्रेस । १४ भाद्र २०७९, मंगलवार १७:५४