रास्कोटमा सुरक्षा भत्ता हातहातमै

 कालिकोट कालिकोट जिल्लाको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता हातहातमै दिन सुरू गरेको छ। बुधबार एक कार्यक्रमका बिच वडा नम्बर १ बाट नगद हातमै दिन सुरू गरिएको हो। नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल र वडाध्यक्ष तपेन्द आचार्य लगायतको उपस्थितिमा जेष्ट नागरिक , अपांग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वापतको रकम हातमै दिन सुरु गरिएको छ।

शुभकालिका गाउँपालिका

पचालझरना गाउँपालिका

बैंकमा गएर लाइन बस्नुपर्दा लाभग्राही मर्कामा परेको भन्दै चुनावी नारा नै घर घरमा भत्ता वितरणको नारा लगाइएको थियो। चुनावी प्रतिबद्धता अनुसार आजबाट गाउँमै गएर लाभग्राहीहरुलाई भत्ता वितरण गरिएको हो।

नगरपालिकाले वडामै गएर नगद हातमा दिँदा लाभग्राही खुशी भएका छन। यस भन्दा अगाडी शान्नीत्रिवेणी गाउँपालिकाले पनि हातमै भत्ता कार्यक्रम सुरु गरेको थियो।

तपाईको प्रतिक्रिया