पचालझरनामा १२औँ राष्ट्रिय उद्योग दिवस मनाइयो

कालीकोट औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ पचालझरना गाउँपालिकाको आयोजनामा १२औँ राष्ट्रिय उद्योग दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ।

२०८३ मंसिर ९ गते पडेक्षामा आयोजित कार्यक्रममा स्थानीय किसानले उत्पादन गरेका अर्गानिक कृषि उपजको प्रदर्शनी तथा स्थानीय उद्यमीहरूलाई सम्मान गरिएको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष देवराज शाही (अग्नि) र प्रमुख प्रशासकीय अधिकृत कुमार राना विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि राजनीतिकदल का प्रमुख तथा प्रतिनिधि,किसान लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमले स्थानीय उत्पादनको प्रवर्द्धन उद्यमशीलताको विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिएको बताएको छ।

तपाईको प्रतिक्रिया