मानवअधिकार रक्षकको सुरक्षा र क्षमता अभिवृद्धिसम्बन्धी पाँचदिने तालिम सम्पन्न

सुर्खेत मानवअधिकार संरक्षण तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील युवा मानवअधिकार रक्षकहरूको सुरक्षा र कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको पाँचदिने समग्र सुरक्षा (Holistic Security) सम्बन्धी तालिम सम्पन्न भएको छ।
कर्णाली प्रदेशका १० वटै जिल्लाबाट दुई–दुई जनाका दरले सहभागी तालिममा मानवअधिकार रक्षकको भूमिका जोखिम पहिचान तथ्य सङ्कलन दस्तावेजीकरण डिजिटल सुरक्षा मनोसामाजिक सुरक्षा तथा व्यक्तिगत र संस्थागत सुरक्षा योजनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।

समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रयोग गर्दै मानवअधिकार संरक्षण निगरानी र न्यायका पक्षमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमको अध्यक्षता  युवा मानव अधिकार रक्षक संज्याल अध्यक्ष पुजा दमाईले गर्नुभएको थियो भने प्रमुख अतिथि राष्ट्रिय मानवअधिकार आयोगका केन्द्रीय सचिव मुडारि प्रसाद खरेल तथा विशेष अतिथि आयोगको कर्णाली प्रदेश कार्यालयका प्रमुख रमेश थापा रहनुभएको थियो।  त्यस्तै प्रशिक्षक दीपेन्द्र कुमार सिंहलगायतको उपस्थिति रहेको थियो।
ग्रामीण युवा अभियान नेपाल (ROYM Nepal) को आयोजना YHRD को समन्वय AEIN को सहयोग तथा राष्ट्रिय मानवअधिकार आयोग नेपालको सहकार्यमा तालिम सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया