कालिकोट । ‘औद्योगिक वातावरण सुधारः दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ कालिकोटमा बाह्रौँ उद्योग दिवस, २०८३ सम्पन्न भएको छ। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, कालिकोटको आयोजनामा २०८३ मंसिर ९ गते आयोजित कार्यक्रममा जिल्लाका उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका वरिष्ठ प्रशासन सहायक रूपबहादुर बुढा क्षेत्रीले गर्नुभएको थियो भने जिल्ला समन्वय समिति कालिकोटका प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईको विशेष आतिथ्यता रहेको थियो।
त्यसैगरी कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष रतन बहादुर शाही, होटल व्यवसायी संघका अध्यक्ष जनक बहादुर शाही, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोटका उपाध्यक्ष राधिका बराललगायत विभिन्न क्षेत्रका प्रतिनिधि तथा उद्योगीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा औद्योगिक क्षेत्रको विकास, उद्यमशीलताको प्रवर्द्धन, उद्योगमैत्री वातावरण निर्माण तथा स्थानीय उत्पादन र व्यवसायलाई प्रोत्साहन गर्दै जिल्लाको आर्थिक समृद्धिमा योगदान पुर्याउनुपर्ने विषयमा जोड दिइएको थियो।
उद्योग दिवसले स्थानीय उद्योगी तथा व्यवसायीलाई प्रोत्साहित गर्नुका साथै जिल्लामा औद्योगिक वातावरण सुधार र दिगो अर्थतन्त्र निर्माणका लागि थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।



तिलाप्रेस । १० मंसिर २०८३, बुधबार १९:४७