कालिकोट – नेपालीहरूको महान् चाड बडादसैं तथा शुभदीपावलीको अवसरमा पचालझरना गाउँपालिकाको आयोजनामा सोमबार पडेक्षामा शुभकामना आदानप्रदान तथा बृहत् भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष देवराज शाही (अग्नि)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपाध्यक्ष अल्किना बम (बबिता ) प्रमुख प्रशासकीय अधिकृत कुमार रानालगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको सहभागिता रहेको थियो।
कार्यक्रममा महेन्द्रबहादुर शाहीले चाडपर्वले आपसी सद्भाव र सामाजिक एकता मजबुत बनाउने बताउँदै कालीकोटको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
अध्यक्ष शाहि ले चाडपर्वले आपसी मेलमिलाप र सहकार्य बढाउने बताउनुभयो भने उपाध्यक्ष बम ले सबैमा सुख, शान्ति समृद्धि र सामाजिक सद्भावको कामना गर्नुभयो।



तिलाप्रेस । २६ आश्विन २०८३, सोमबार १८:२३