देउवा पक्षले कालिकोटमा अधिवेशन तयारी संयोजक तोक्य

कालिकोट — नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कालिकोटमा देउवा पक्षले अधिवेशन तयारीलाई तीव्रता दिएको छ। देउवा पक्षले जिल्लाका ९ वटै स्थानीय तहसहित प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन तयारी संयोजक तोकेको हो।

जिल्ला संयोजक मातृका सिंहको अध्यक्षतामा बुधबार बसेको बैठकले अधिवेशन तथा निर्वाचन तयारीलाई व्यवस्थित बनाउन प्रदेश र स्थानीय तहमा संयोजकको जिम्मेवारी तोकेको जनाइएको छ।

बैठकले क प्रदेशको संयोजकमा मनराज शाही र ख प्रदेशको संयोजकमा मेगराज बिष्टलाई जिम्मेवारी दिएको छ।

स्थानीय तहअनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त शर्मा आचार्य, शुभकालिका गाउँपालिकामा कटकबहादुर शाही, तिलागुफा नगरपालिकामा धर्मराज शाही, महाबै गाउँपालिकामा नरहरी शाही, नरहरिनाथ गाउँपालिकामा धुर्बविक्रम शाही, सान्नीत्रिवेणी गाउँपालिकामा वीरेन्द्र केसी, रास्कोट नगरपालिकामा भीमबहादुर शाही, पचालझरना गाउँपालिकामा टेकबहादुर बोगटी र पलाता गाउँपालिकामा दिलु बमलाई संयोजक तोकिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा कालिकोटमा पनि पार्टीभित्रको गतिविधि बढ्न थालेको छ। देउवा पक्षले स्थानीय तहदेखि प्रदेश निर्वाचन क्षेत्रसम्म जिम्मेवारी बाँडफाँट गरेसँगै अधिवेशन तयारीले गति लिएको बताइएको छ।

संयोजकहरूको जिम्मेवारीसँगै अब स्थानीय तहमा अधिवेशन तयारी, कार्यकर्ता परिचालन तथा संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया