कर्णालीलाई पर्यटन हबका रूपमा विकास गर्छौं : मन्त्री खड्का

कालिकाेट: कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले कर्णालीलाई पर्यटन हबका रूपमा विकास गर्ने बताएकी छन्। कर्णाली प्रदेशमा पर्यटनको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै मन्त्री खड्काले प्रदेशका पर्यटकीय सम्भावनालाई प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको समेत बताइन्। कर्णालीमा पर्यटनसँग सम्बन्धित गतिविधि बढाउँदै पर्यटन,विस्तार उद्योग–व्यवसायको प्रवद्र्धन तथा आवश्यक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने उनको भनाइ छ ।

मन्त्री खड्काले कर्णालीको पर्यटन विकासका लागि प्रदेश सरकार तयार रहेको बताउँदै पर्यटकीय क्षेत्र तथा उद्योग, व्यापार र व्यवसायलाई आफ्नो पहिलो प्राथमिकतामा राखिएको समेत स्पष्ट पार्नुभएको छ । साथै कर्णालीमा पर्यटनको सम्भावना धेरै छ यहाँको पर्यटन विकासका लागि पर्यटन विस्तारसँगै उद्योग–व्यवसायको प्रवद्र्धन गरिने बताउनु भयो ।
कर्णालीको समग्र विकासमा पर्यटन महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै मन्त्री खड्काले प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान संरक्षण र प्रवद्र्धनमा सरकारले विशेष ध्यान दिने बताइन्। कर्णाली विकासको पहिलो आधार पर्यटन हो। त्यसका लागि सरकारले कुनै कसर बाँकी राख्दैन मन्त्री खड्काले भनिन्।कर्णालीमा रहेका प्राकृतिक, सांस्कृतिक तथा धार्मिक पर्यटकीय क्षेत्रलाई व्यवस्थित रूपमा विकास गर्न सके प्रदेशको आर्थिक गतिविधि र रोजगारीका अवसर समेत विस्तार हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया