राप्रपा कालिकोटको नेतृत्वमा मदन रोकाया – अध्यक्षमा सर्वसम्मत चयन

कालिकोट : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कालिकोटको नेतृत्वमा मदन रोकाया सर्वसम्मत चयन भएका छन्। पार्टीको संगठन सुदृढीकरण, जनताको पक्षमा प्रभावकारी भूमिका र जिल्लामा राप्रपाको राजनीतिक गतिविधिलाई थप मजबुत बनाउने उद्देश्यसहित रोकायालाई अध्यक्षको जिम्मेवारी दिइएको हाे ।

सर्वसम्मत रूपमा नेतृत्व चयन भएसँगै राप्रपा कालिकोटमा नयाँ ऊर्जा र उत्साह थपिएको बताएको छ । पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकहरूले नवनिर्वाचित अध्यक्ष रोकायालाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्। अध्यक्ष रोकायाले पार्टीको नीति सिद्धान्त र विचारलाई जनतामाझ पुर्‍याउँदै संगठन विस्तार तथा जनताको आवाजलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ ।
यस अवसरमा सर्वसम्मत नेतृत्व चयनमा सहयोग सहकार्य र समर्थन गर्नुहुने सम्पूर्ण नेता कार्यकर्ता प्रतिनिधि शुभेच्छुक तथा कालिकोटवासीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं राेकायाले भन्नुभएको छ । आगामी दिनमा पनि सबैको साथ सहयोग र एकताबाट राप्रपा कालिकोटलाई अझ सशक्त र जनमुखी बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको समेत बताएको छ ।

तपाईको प्रतिक्रिया