धनकर्ण विश्वकर्मा कालिकोट पलाँता गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि सामासामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सम्पन्नजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको नवीकरण गर्न जिल्ला बाहिर अस्थायी रूपमा बसोबास गर्दै आएका सेवाग्राहीलाई लक्षित गरी सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सम्पन्न भएको छ।
भदौ ८ गतेदेखि सञ्चालन भएको शिविरबाट सुर्खेतको वीरेन्द्रनगर–६३ बाँकेको कोहलपुर–१४० बर्दियाको ठाकुरद्वारा–३२ र कैलालीको लम्की–२९० गरी जम्मा ५२५ जना सेवाग्राहीले सेवा लिएका छन्। त्यसैगरी छिमेकी जिल्ला तथा पालिकाबाट मुगुका ३, जुम्लाका २, खाडाचक्र नगरपालिकाका ३ पचालझरना गाउँपालिकाका ७ र सान्नीत्रिवेणी गाउँपालिकाका २ जना सेवाग्राहीले समेत सेवा लिएका छन्।
शिविर सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सेवाग्राहि आफन्त शुभेच्छुक तथा सम्पूर्ण सहयोगी मनहरूप्रति पलाँता गाउँपालिकाले आभारसहित धन्यवाद व्यक्त गरेको छ।



तिलाप्रेस । २० भाद्र २०८३, शनिबार १०:०६