जुम्ला विपद्जन्य घटनाको पूर्वतयारी प्रतिकार तथा प्रभावकारी उद्धार कार्यमा युवाहरूको क्षमता अभिवृद्धि गर्न हिमा गाउँपालिका जुम्लाका समुदायका युवाहरूलाई प्रथम उद्धारकर्ता तालिम संचालन गरिएको छ । कालिकोटको नाग्ममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको अध्यक्षतामा संचालन गरिएको उक्त तालिममा हिमा गाउँपालिकाका ७ वटैवडाका २० जना युवा र गाउँपालिका सरोकारवालाको उल्लेखनीय उपस्थित रहेको थियो ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा पेस नेपालको सहयोगमा सञ्चालित सशक्त बालिका सुरक्षित समुदाय परियोजनाको सहजिकरणमा हिमा गाउँपालिका जुम्ला र सशस्त्र प्रहरी बल नेपाल नं.३३ गण हेटक्वाटर त्रिपुरा बताएको छ ।
तालिममा सहभागी युवाहरूलाई विपद् आउनु अघि अपनाउनु पर्ने पूर्वसावधानी विपद्का समयमा गरिने उद्धार तथा राहत कार्य, प्राथमिक उपचार आत्मसुरक्षा, समुदायको सुरक्षा तथा जोखिम न्यूनीकरण सम्बन्धी महत्वपूर्ण ज्ञान र सीप प्रदान गरिएको छ ।
तालिममा सहभागी युवाहरुलाई आफ्नो सुझाव सल्लाह दिदै हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले भन्नुभयो तालिमबाट प्रशिक्षित युवाहरू विपद्को समयमा आवश्यक सहयोग तथा उद्धार कार्यमा जुट्न सक्ने र घरपरिवार तथा समुदायको सुरक्षाका लागि दक्ष स्वयंसेवकका रूपमा भूमिका निर्वाह गर्न सक्षम हुने विश्वास लिएको उहाँले बताउनु भएको छ । अध्यक्ष शाहीले विपद् व्यवस्थापनमा स्थानीय युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट दक्ष जनशक्ति तयार भएको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।

तालिमका सहभागी हिमा गाउँपालिका वडा नं.२ ओदिका युवा रमेश रोकायाका अनुसार ओदि गाउँ मुख्य सडक भन्दा टाढा रहेको र सामान्य विपदका घटनाले ठुलो मानविय क्षति हुने सम्भावना छ । यस बेला हामीले पाएको ज्ञानले विपदका घटनाको सामाना गर्न आफुमाथी विश्वास रहेको समेत उहाले जानकारी दिनुभएको छ ।।
युवाहरुलाई ससत्र प्रहरी बल द्धारा अग्नी नियन्त्रणका विधिहरु प्राथमिक उपचारका विभिन्न तरिका लगाएतका बिषयमा प्रयोगात्मक क्रियाकलाप गराईएको आयोजकले जनाएको छ ।


तिलाप्रेस । १५ भाद्र २०८३, सोमबार २०:१३