कालीकोट अस्पतालमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा सुरु

कालीकोट: जिल्ला अस्पताल कालीकोटमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा सुरु भएको छ। प्रदेश अस्पताल सुर्खेतबाट सरुवा भई आउनुभएका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा. सागर ढकालले अस्पतालमा सेवा दिन सुरु गर्नुभएको स्वास्थ्य सेवा व्यवस्थापक डा: रत्नवीर सुनारले जानकारी दिनुभयाे ।

हाडजोर्नी तथा नसासम्बन्धी उपचार हिजोदेखि नै जिल्ला अस्पताल कालीकोटबाट नियमित रूपमा सुरु भएको छ। यससँगै हाडजोर्नी तथा नसासम्बन्धी समस्या भएका बिरामीलाई उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको  बताएको छ।
विशेषज्ञ चिकित्सकको आगमनसँगै हाडजोर्नी नसा सम्बन्धी विभिन्न समस्या भएका बिरामीले अब कालीकोटमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भएका छन्। अस्पतालले सेवा लिन इच्छुक नागरिकलाई जिल्ला अस्पतालमा सम्पर्क गरी विशेषज्ञ सेवा लिन आग्रह समेत गरेको छ।

तपाईको प्रतिक्रिया